तनहुँमा सापटी दिएको रकम फिर्ता नगर्दा एक महिलाको हत्या

काठमाण्डु टुडे २०७९ चैत १६ गते १८:२५ मा प्रकाशित

तनहुँ ,१६ चैत– तनहुँमा सापटी दिएको रकम फिर्ता नगर्दा एक महिलाको हत्या भएको छ । पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको प्रहरीले बताएको छ ।

हत्या गरेको अभियोगमा तनहुँ प्रहरीले काभ्रेपलान्चोक पाँचखाल नगरपालिका– ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ ।

सुनारले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरि तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पिपलटारखानेपानी ट्यांकीमा फालिदिएको प्रहरीले जानकारी दिएको छ ।

गत चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् ।

आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए । घर–घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको थियो ।

धादिङ्ग घर भई पोखरामा गाडी चालक समेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यन्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए ।

सोही क्रममा सुनारले श्रेष्ठलाई केही रकम सापटी दिएका थिए । एकल महिला समेत रहेकी श्रेष्ठले आफनो छोराको उपचारको लागि सापटी लिएको पाइएको प्रहरीले बताएको छ ।

सुनारले सापटी रकम फिर्ता माग्दा श्रेष्ठले नदिएको र त्यही निहुँमा हत्या भएको पाइएको तनहँ प्रहरी प्रमुख ९एसपी० अवदेश विष्टले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us