आदर्श र मूल्य मान्यताको राजनीति संकटमा पर्‍यो: नेता सिंह

काठमाण्डु टुडे २०७९ चैत १३ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, १३ चैत– कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन ।

आज (सोमबार) काठमाण्डुमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको बताएका छन ।

उनले भने, ‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरुले दिएको हामीले पाएका छौं । तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ ।

हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा कतिको हामीले ध्यान दिन सकेका छौं, त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ ।’

नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाण्डुमा संगठन विस्तार लगायतका काम गरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us