
काठमाण्डु, १२ चैत- नेपाली नागरीक लाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्उ पर्नेमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई रहेका छन। उनीहरुलाइ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३र४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु ले बतायका छन।