हामीलाई गृहमन्त्रालय चाहिन्छ भनेर भनेको छैन: माधव नेपाल

काठमाण्डु टुडे २०७९ चैत १२ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १२ चैत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको साझा नीतिगत प्रतिवद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताए।सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न छलफल भइरहेको छ।

टुंगो लाग्ला। हस्ताक्षर होला। त्यही कार्यक्रमका आधारमा मन्त्रिपरिषदले पूर्णता पाउने हो,’ उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै विशेष मन्त्रालयमा दावी नगरेपनि मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थमन्त्रालयको र देशका सामू देखिएका चूनौति र अन्तराष्ट्रिय परिस्थीतिलाई मूल्याङ्कन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागि कम हुने समेत बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीसँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुने उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us