
काठमाण्डु ,१२ चैत -नेपाली कांग्रेसले पहिलो पटक ‘नीति अधिवेशन’ गर्ने कांग्रेसको तयारी गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आज साँझ आयोजित जुम मिटिङमा कांग्रेसका महामन्त्री गगन थापाले नीति अधिवेशनका सन्दर्भमा प्रकाश पार्ने भएका छन् ।
नीति अधिवेशनमा प्रश्नहरु सिर्जना भएको अवस्था छ ।नीति अधिवेशनमा सहभागिता र मस्यौदा तयारी तथा परिमार्जनको विधिबारे थापाले प्रष्ट पार्न केन्द्रीय सदस्य आचार्यले बताए ।
उनले भने, ‘नीति अधिवेशनप्रति व्यापक अपनत्व कसरी सृजना गर्ने रु पारित नीति कार्यान्वयनको सुनिश्चितता र अनुगमनको प्रबन्ध कुन किसिमको हुने रु यसबारे पनि महामन्त्रीले भन्नुहुन्छ ।’जुम मिटिङमा सहभागी हुनेहरूले नीति महाधिवेशनमाथि केन्द्रित रहेर आफूलाई लागेको सुझाव राख्न सक्ने उनको भनाइ छ ।