लागु औषधसहित दुई युवक पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ११ गते १७:३४ मा प्रकाशित

काठमाण्डु,११ चैत– प्रहरीले पाल्पाबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् ।

शनिबार दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई युवकलाई पक्राउ गरेको हो । बुटवबाट पाल्पातर्फ गइरहेको युवक सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

कारसहित दुवै युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us