नेपाल कमर्श क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाण्डु टुडे २०७९ चैत ११ गते १७:१९ मा प्रकाशित

काठमाण्डु,११ चैत– नेपाल कमर्श क्याम्पस मिनभवनमा आज शनिबार हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ ।

क्याम्पसमा निर्वाचन सम्बन्धि काम कारबाही अगाडी बढाउने क्रममा असहज र असामान्य परिस्थिति श्रृजना हुन पुगेको र निर्वाचन सम्बन्धि काम कारवाही अगाडी बढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख धु्रवप्रसाद सिलवालले जानकारी दिएका छन ।

स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको चैत ११ गते बसेको संयुक्त बैठकले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत लालबहादुर बस्नेतद्वारा संयुक्त हस्ताक्षरसहित जारी सूचनामा बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us