
काठमाण्डु,११ चैत– कांग्रेस महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नआएको बताएका छन । आज शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका छन ।
उनले भने, ‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन’ महामन्त्री थापाले भने, ‘अर्थमन्त्री बन्न भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि !’ थापाले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै उनले आफूलाई कसैले बोलाएर आफ्नो रुचिबारे सोध्ने अपेक्षा पनि नभएको पनि बताएका छन ।
‘किनकी आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन’ उनले भने । उनले अब आफ्नो ध्यान २०८४ सालमा कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्नेमा रहेको थापाले बताए ।