
धनुषा , ११ चैत– धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मूत्यु भएको छ । मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
मूत्यु हुनेमा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठ रहेका छन ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन ।
उक्त दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।