
एजेन्सी– भारतीय राष्ट्रिय काँग्रेसले आफ्ना पूर्वअध्यक्ष राहुल गान्धीको लोकसेवा पद खारेजीको विरोधमा जनआन्दोलन घोषणा गरेको छ ।
शुक्रबार साँझ नयाँदिल्लीस्थित पार्टी कार्यालयमा बसेको पार्टी शीर्ष नेताहरूको बैठकले देशव्यापी आन्दोलन घोषणा गरेको हो । कांग्रेस महासचिव जयराम रमेशले सोमबारदेखि देशभर एकैसाथ आन्दोलन सुरु हुने बताए ।
मोदी सरकारका जनविरोधी कामबारे जनतामा आवाज उठाएका कारण राहुलमाथि अन्यायपूर्ण आरोप लगाएर लोकसेवा सदस्यबाट अयोग्य घोषणा गरिएको दाबी महासचिव रमेशले उल्लेख गरे ।
आफूहरुको ‘भारत जोडो यात्रा’ अभियानका कारण मोदी र उनको दल भाजपा उत्तेजित भएको टिप्पणी गरे । उनले सबै विपक्षी दलहरुलाई एकताबद्ध गरेर अघि बढिने बताए ।
चार वर्षअघिको एक मुद्धामा सुरतको एक अदालतले गान्धीलाई बिहीबार दुई वर्ष जेल सजायको फैसला सुनाएको थियो । उनले २०१९ को एक भाषणमा प्रधानमन्त्री मोदीलाई ‘चोर’ को संसद दिँदै भनेका थिए, ‘सबै चोरहरुको उपनाम किन मोदी हुन्छ ?’
राहुल धरौटी बुझाएर रिहा भइसकेका छन् । तर, लोकसेवा सचिवालयले उनको सांसद पद भने खारेज गरिदिएको छ ।