
काठमाण्डु, १० चैत– गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन । आज (शुक्रबार) साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
आज दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो । आजै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमाा रहेको छ ।