
काठमाण्डु,१० चैत– भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता आज शुक्रबार खारेज भएको छ ।
चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले उनको लोकसभा सदस्य खारेज गरीदिएको हो ।
लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको छ ।