गण्डकी प्रदेश सरकारबाट माओवादीले लियो समर्थन फिर्ता

काठमाण्डु टुडे २०७९ चैत १० गते १४:४२ मा प्रकाशित

कास्की,१० चैत– गण्डकीमा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जाली जानकारी दिएका छन ।

एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिने भएका छन ।

सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको पर्यटनमन्त्री जुग्जालीले जानकारी दिएका छन । मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us