एमाले अबको पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्छ: महासचिव पोखरेल

काठमाण्डु टुडे २०७९ चैत ९ गते १३:२६ मा प्रकाशित

दाङ,९ चैत– एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन ।

आज (बिहिबार) प्रेस चौतारी नेपाल दाङ जिल्ला शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुने बताएका छन । उनले एमाले अबको पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने बताएका छन ।

साथै उनले अबको ५ वर्ष एमालेले जनताका सरोकारका विषयमा खबरदारी गर्ने पनि बताएका छन । उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्ने बताएका छन ।

उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह पनि गरेका छन । उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्ने पनि बताएकाख छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us