
काठमाण्डु,९ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् ।
आज (बिहिबार) सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपालीहरू स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको बताएका छन ।
उनले त्यसका लागि सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादनमा जोड दिने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन । उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौँ व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वदेशमा नै उत्पादित सामग्रीहरूको प्रयोग बढाउनुपर्ने बताएका छन ।
उनले नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्रीहरूको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने बताएका छन ।