मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको छ: राष्ट्रपति

काठमाण्डु टुडे २०७९ चैत ८ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, ८ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन ।

आज (बुधबार) नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

उनले मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर काम गर्नु बताएका छन । उनले भने, ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनै पर्छ’ ।

उनले नेपालका निर्माण व्यवसायीहरूको समस्याहरूबारे आफू जानकार रहेको स्पष्ट पार्दै आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्नपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us