
एजेन्सी– आज पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानत वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन भएका हुन ।
उनलाई अदालतले १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुने भएको छ ।
उनलाई अदालतले चैत २८ गतेसम्म जमानत दिएको छ। उपहार पाएको सामग्री गैर कानुनी रूपमा बिक्री गरेको तथा महिला न्यायधीश माथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उनीमाथि लागेको छ ।
उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरूले प्रतिवाद गर्दै आएका छन । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौ घाइते भइसकेका छन ।