
काठमाण्डु, २ चैत– एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
आज (बिहीबार) काठमाण्डुमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताएका छन ।
उनले भने, ‘ ‘बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाही काम गरेको मैले देखेको छु । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनु पर्छ भन्ने मलाई लाग्दछ ।
हामीले जतिछिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ ।’ उनले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अव चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता भएको बताएका छन ।
उनले भने, ‘सरकारलाई मेरो माननीय उपप्रधानमन्त्रीज्यूमार्फत मेरो आग्रह पनि छ–प्रस्तावित हाम्रा जतिपनि योजनाहरु छन्। तिनको कम्तिमा आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अव फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ ।’
सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने बताएका छन । ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने बताएका छन ।
उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखेका छन ।