
काठमाण्डु, २ चैत– उपराष्ट्रपति नदबहादुर पुन आज बिहीबार काठमाण्डुको दहचोकस्थित आफ्नै निजी निवासमा सरेका छन् ।
बिहीबार दिउँसो १ बजे उनी लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् । ३ चैतमा उपराष्ट्रपति पदको चयनका लागि निर्वाचन हुँदैछ ।
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि पुनले सरकारी निवास खाली गरिदिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन ।