शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १३:५४ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ने लगातार दुई कार्यकाल पूरा गरी आज सोमबार शीतल निवासबाट बिदा भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् ।

उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन । निवर्तमान राष्ट्रपति भण्डारीलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखीझ्याल उपहार दिएर बिदाइ गरे ।

उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

भण्डारी ०७२ साल ११ कात्तिकमा राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि पनि उनी दोस्रो कार्यकालका लागि ०७४ साल २९ फागुनमा दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us