
काठमाण्डु,२९ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमदल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदमा सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
आज (सोमबार) उपराष्ट्रपतिका लागि मत माग्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् ।
प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका नेता प्रदीप यादवले जानकारी दिएका छन । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई ३ चैत्रमा हुने निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ’ ‘प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।’
उनले उपराष्ट्रपतिको उम्मेदवारीबारे भएको राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री प्रचण्डले थुप्रै कुरा स्पष्ट पारेको बताएका छन ।