कंगोमा विद्रोही समूहको आक्रमणमा १९ सर्वसाधारणको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन २८ गते १७:३३ मा प्रकाशित

एजेन्सी-बेनी, प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूहले गएराति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले जानकारी दिए । एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् ।

दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us