विवादित कार्यकाल सकेर आज शीतलनिवास छाड्दैछिन् राष्ट्रपति

काठमाण्डु टुडे २०७९ फागुन २८ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, २८ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल आजबाट सकिँदैछ ।

भण्डारी दोश्रोपटक २०७४ साल फागुन २९ गते गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । त्यसअिघ उनी संविधानसभाले संविधान जारी गरेपछि रुपान्तरित संसदबाट २०७२ साल कात्तिक ११ गते पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

भण्डारीको कार्यकाल सकिनुअघि नै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गत २५ फागुनमा तेश्रो राष्ट्रपति निर्वाचित भइसकेका छन् । पौडेलले भोलि पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हाल्दै छन् । भण्डारी भने आजै निजी निवास बुढानीलकण्ठ सर्ने तयारी छ ।

सरकार नेतृत्वमा रहेको दल र व्यक्ति विषेशका आधारमा फरक व्यवहार गरेको भन्दै पाँच वर्षे कार्यकालमा राष्ट्रपति भण्डारी पटकपटक विवादमा परिन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा दुईपटकसम्म संसद विघटन गर्दा राष्ट्रपत भण्डारीले सदर गरेर ओलीको सहयोगीका रुपमा काम गरेको भन्दै आलोचना हुँदै आएको छ ।

यस्तै प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएका विधेयक रोकेकामा पनि उनको विरोध भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us