
काठमाण्डु,२७ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन ।
आज (शनिबार) नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको बताएका छन । उनले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको बताएका छन ।
उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरेका छन । उनले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुको बारेमा नेपालीहरुलाई बुझाउन आवश्यक रहेको बताएका छन । उनले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताएका छन ।
उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताएका छन । आलीले भने, ‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन् ।
हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे । कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए ।
२६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घखाँचीका थिए । यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ । यो इतिहासमा पनि विद्वानहरुको भूमि हो । भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ ।