चीनको नयाँ प्रधानमन्त्री ली छ्याङ निर्वाचित

काठमाण्डु टुडे २०७९ फागुन २७ गते १५:०७ मा प्रकाशित

एजेन्सी– चिनका राष्ट्रपति सी जिनपिङले चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व नेता हुन ।

६३ वर्षीय ली छ्याङले नेसनल पिपुल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक भोट प्राप्त गरेका छन । लीले कुल २,९३६ मत प्राप्त गरेका थिए ।

केवल तीन प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठ जना अनुपस्थित भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us