उपराष्ट्रपतिमा ममता झाले गरिन् उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७९ फागुन २७ गते १४:३३ मा प्रकाशित

काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी गराएकी छन ।

सत्तारुढ चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन ।

निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । सोहीअनुसार जनमतले महिलालाई उम्मेदवार बनाएको हो । ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

उनको प्रस्तावक अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेका छन् भने । समर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह , वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us