
काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)की प्रमिला कुमारी यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
आज (शनिबार) दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन ।
सत्तारुढ दस दलिय गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । तर राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका छन् ।
सोही कारण जसपाले राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको छ । यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।