जसपाका राम सहाय यादवले गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७९ फागुन २७ गते १४:१३ मा प्रकाशित


काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका छन ।

आज शनिबार संघीय संसद नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी रहेका छन ।

समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गरेकी छन । एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us