उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७९ फागुन २७ गते १३:०९ मा प्रकाशित

काठमाण्डु,२७ फागुन– उपराष्ट्रपतिमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । आज शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी भएको बताएकी छन ।

लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us