
रौतहट,२७ फागुन–रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेका छन ।
बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका मूतक परिवारले जानकारी दिएका छन । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । एसपी वीरबहादुर बुढामगरले भने, ‘हिजो घरमा मृत्यु भएपछि हामीलाई खबर आयो ।
हामी पुगेर अनुसन्धान सोधपुछ थाल्यौ । परिवारजनले बुधबार साँझ कुटपिट भएको भन्यो । बुधबार प्रहरीलाई खबर गरेन । उपचारको लागि पनि लगिएन । अनुसन्धान गरिरहेकमा छौं,’ ।
घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिएका छन ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवका अनुसार सुस्त मनस्थिति राम्ररी बोल्न नसक्ने दासले एक चार वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो ।