कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन २७ गते ११:३८ मा प्रकाशित

काठमाण्डु,२७ फागुन– बारा जिल्लाको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । आज शनिबार वडाध्यक्ष नन्दकिशोर चौधरीलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ गरेको प्रहरीले बताएको छ ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us