एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

काठमाण्डु टुडे २०७९ फागुन २७ गते ११:३४ मा प्रकाशित

काठमाण्डु,२७ फागुन– एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको । आज शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत रहेको शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।

साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताएका छन । ३ चैतमा हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिए पनि दलहरूले उम्मेदवारको टुंगो नलगाउँदै अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us