
काठमाण्डु,२६ फागुन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले महिला उपराष्ट्रपति भएमा राम्रो हुने बताएका छन । उनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति भएमा उत्तम हुने बताएका छन ।
उनले भने, ‘संविधानतः राष्ट्रपति उपराष्ट्रपति लैंगिक वा समुदायको फरक हुनुपर्छ । हामीले अभ्यास गर्दा एउटा पुरुष भए अर्को महिला बनाइयो । यो खालका प्रयाक्टिस बसिसकेको छ। ’
‘नेपालको अवस्था स्थिति सबै कोणबाट हेर्दा महिला उपराष्ट्रपति भएमा उत्तम हुन्छ । त्यसैमा फरक समुदायको महिला भए अझ राम्रो हुन्थ्यो ।’ उनले आफूले परामर्श दिँदा समेत फरक लिङ र समुदाय भएको व्यक्तिलाई उपराष्ट्रपति बनाउन आग्रह गरेको बताएका छन ।