
काठमाण्डु,२६ फागुन– आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई मत दिएर विजयी गर्ने सबैलाई धनयवाद दिएको छ ।
आज (शुक्रबार) कांग्रेस संसदीय दलको कार्यालयमा बसेको अनितम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षा गर्दै सबै मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले जानकारी दिएका छन ।
उनले भने, ‘आठ दलका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिएर विजयी गराउने सबै माननीय सदस्यहरुलाई आभार प्रस्ताव पारित गर्यौ, त्यसैगरी सुरक्षाकर्मी, निर्वाचन आयोग र सञ्चारकर्मीहरु समेतलाई धन्यवाद व्यक्त गर्यौ’, ।
यस्तै उनले उपराष्ट्रपतिको उम्मेदवारबारे मनोनयन अघि आठ दलको बैठक बसेर औपचारिक निर्णय गरिने बताएका छन ।