राष्ट्रपति पौडेललाई महामन्त्री थापाको आग्रह : नागरिक राष्ट्राध्यक्ष बन्नुहोला

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १५:२४ मा प्रकाशित

काठमाण्डु,२६ फागुन–कांग्रेस महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकको राष्ट्राध्यक्षका रुपमा हेर्ने इच्छा रहेको बताएका छन ।

हिजो बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन । उनले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन ।’

थापाले बधाई सन्देशमा भनेका छन्, ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ ।, पौडेल वर्तमान व्यवस्थाका निम्ति लामो संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउने अपेक्षा गरेको बताएका छन ।

उनले भनेका छन, ‘संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ,’ । राष्ट्राध्यक्षको नाममा विगतमा भएको अनावश्यक तडक–भडक नहुने थापाले राष्ट्रपति पौडेलसँग अपेक्षा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us