रञ्जिता श्रेष्ठ उमेरका कारण उपराष्ट्रपतिको उम्मेदवार हुन नसक्ने

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १४:१२ मा प्रकाशित

काठमाण्डु,२६ फागुन– नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् ।

आज (शुक्रबार) बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकले पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर बाधक बनेको छ । राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, ०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ ।

आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नमीलने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us