प्रधानमन्त्री प्रचण्ड विरूद्धको मुद्दाको सुनुवाइ सुरु

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १३:३८ मा प्रकाशित

काठमाण्डु,२६ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएनन् ।

०७६ साल १ माघमा काठमाण्डुको टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us