
काठमाण्डु,२६ फागुन– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सो दलकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज (शुक्रबार) बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
श्रेष्ठ लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन ।
सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन ३ चैत हुँदैछ ।