रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १७:२७ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिएका छन ।

रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता रहेका छन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us