राष्ट्रपति निर्वाचनमा ६०३ जनाले गरे मतदान

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १३:१३ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले सांसदले मतदान गरेका छन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन ।

राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान जारी छ । संघीय संसद र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन ।

राष्ट्रपति पदका लागि कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । एमाले बाट भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us