काठमाण्डु उपत्यकासहित पहाडी क्षेत्रमा वर्षात

काठमाण्डु टुडे २०७९ फागुन २४ गते ८:४७ मा प्रकाशित

काठमाण्डु, २४ फागुन– काठमाण्डु उपत्यकासहित पहाडी क्षेत्रमा वर्षात भएको छ ।

देशभर नै बादल लागेको र केही स्थानमा वर्षात भइरहेको मौसमविदले जनाएको छ । बागमति, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको मौसमविद बरुण पौडेलले बताए ।

पोखरा र पाल्पासहित गण्डकीका क्षेत्रहरुमा भने बाक्लो वर्षात भएको छ । कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । दिउँसो पनि चट्याङसहित वर्षातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us