कांग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नुहुन्छ: खड्का

काठमाण्डु टुडे २०७९ फागुन २३ गते १७:३५ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट साभा उम्मेदवार बनेका पूर्व सभामुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने बताएका छन ।

आज (मंगलबार) काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘ ९ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ ।

राष्ट्रपतिको मतदान गराउँदै छौँ । गठबन्धन त अघि बढिसक्यो । सबैले सहयोग गरेर अत्याधिक मतले जित्नुहुन्छ । ’ उनले आजको बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताएका छन । उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको बताएका छन । उनले गठबन्धनकै बलमा आगमी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने पनि बताएका छन ।

उनले भने, ‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा ९ दलको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौँ। प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौँ। त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्याधिक मतले हामी जित्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us