सत्ता गठबन्धन विस्तारबारे ८ दलमा छलफल

काठमाण्डु टुडे २०७९ फागुन २३ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– आज मंगलबार दिउँसो नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलिय गठबन्धनको बैठकले सत्तागठबन्धनलाई थप विस्तार गर्ने निर्णय गरेको छ ।

सत्ताघटक दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्नसक्ने बताएका छन । उनले भने, ‘गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ ।

गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ ‘डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा नौ दल पुगेका छन् । राष्ट्रपतिको चुनावमा प्राविधिक तयारीका लागि मुख्य छलफल भएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन ।

उनले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापन विषयमा छलफल भएको बताएका छन । मंगलबार दिउँसो नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठक पछि खड्काले भने, ‘शक्ति बाँडफाडमा आज छलफल प्रवेश गरेनौं । राष्ट्रपतिको निर्वाचन पछि छलफल हुन्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us