राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलायो

काठमाण्डु टुडे २०७९ फागुन २३ गते ११:३१ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ ।   बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुने उनले बताएका छन । राष्ट्रपतिमा पूर्व सभामुख एवं कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्व सभामुख एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us