लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

काठमाण्डु टुडे २०७९ फागुन २३ गते ११:०६ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लोकदोहोरीका सर्जक समेत रहेका लम्सालको सोमबार राति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश विजीले जानकारी दिएका छन ।

लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक समेत रहेका थिए ।

लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’, ‘जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित रहेको थियो । गायक लम्सालको निधनप्रति बिभिन्न गायक तथा गायिकाहरुले दुःख व्यक्त गरिरेहका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us