
दोलखा,२३ फागुन– दोलखाको आगलागीमा परी एक जान वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिन्चोक गाउँपालिका–२ का ८७ वर्षीय महवीर थामीको रहेका छन ।
सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । वृद्ध घरमा एक्लै बस्दै आएका थिए ।
आगलागीमा परेर वृद्धको शरीर पूर्णरुपमा जलेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिएका छन ।
आगलागीबाट वृद्धको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। घरमा आगलागी भएको बुधबार बिहान मात्र जानकारी भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिएका छन । थामीको घरमा आगलागीको कारण विजुली सर्ट भइसकेपछि बिहान मात्र स्थानीयले थाहा पाएको बताइएको छ ।