
काठमाण्डु, २२३ फागुन– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी घटकका नेताहरुको सामूहिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको माओवादी धारका नेताहरुको बेठकमा प्रचण्डसहित नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द, नेकपा बहुमतका धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी हुँदैछन् । श्रोतका अुनसार बैठकमा प्रधानमन्त्री प्रचण्डले सबै धारका माओवादी नेताहरुलाई पार्टी एकताका लागि आह्वान गर्ने छन् ।
दुई दिनअघि शहीद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सबै माओवादी समूहका नेताहरुले सहकार्यको हात बढाउनुपर्नेमा समान धारणा राखेका थिए । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने र प्राप्त उपलब्धीहरुमाथि प्रहार गर्ने क्रम बढेको भन्दै माओवादी नेताहरुले कतिपय साझा मुद्धामा सहकार्य गर्दै पार्टी एकतासम्म जानुपर्ने धारणा राखेका थिए ।
सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्धा दर्ता गर्न आदेश दिएपछि माओवादीहरुबीच एकताको बहस सुरु भएको छ ।