काठमाण्डु उपत्यकामा १ सय ५७ सवारी साधन होल्ड

काठमाण्डु टुडे २०७९ फागुन २२ गते १३:२० मा प्रकाशित

काठमाण्डु, २२ फागुन– ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा होली मनाउने नाममा लापरवाहिपूर्वक तरिकाले चलाएका १ सय ५७ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

काठमाण्डु, भक्तपुर र ललितपुरमा १ सय ५७ सवारी–साधान होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्राफिक प्रहरीले होल्ड गरेको मध्ये १३ वटा चारपांग्रे सवारी रहेका छन् । होल्ड गरिएका सवारी साधन साँझ ७ बजेमात्र जिम्मा लगाएने प्रहरीले जानकरी दिएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन र लागुऔषध सेवन गरेकोबारे चेकजाँच गरिरहेको छ । ६८ ठाउँमा ट्राफिक चेकिङ भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुरको पुल्चोक, जावलाखेल र सातदोबाटोमा १५ वटा मोटरसाइकल होल्ड गरिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन । मोटरसाइकलमा दुईजना चढने, हेल्मेट नलगाएका र मापसे गरेकाहरुलाई होल्ड गरिएको एसएसपी शाहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us