
काठमाण्डु, २२ फागुन– नेकपा एकीकृत समाजवादी एसका केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्याय को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सोमबार २ घण्टा पार्टी कार्यालयमा राखिने बताइएको छ ।
दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन । त्यसपछि आजै नै उनको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएका छन । अस्ति शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो ।
उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको एकीकृत समाजवादीले जानकारी दिएको छ । सरोज पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ हुन् ।