जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन: भट्टराई

काठमाण्डु टुडे २०७९ फागुन २२ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– नेपाल समाजवादी पार्टी नेसपाका डा. अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन ।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै आफनो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिने त्रममा सो धारणा राखेका हुन । भट्टराईले भनेका छन्,‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’

गत शुक्रबार सर्वोच्च अदालतले फौजदारी मुद्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क बिर्तक भइरहेको बेला माओवादी नेताहरुले हिजो त्यसको प्रतिवाद गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us